मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन्।

 

पूर्वमन्त्री समेत रहेका सिपी गजुरेल, परी थापा लगायत उक्ता मोर्चाका १५ जना नेता–कार्यकर्तालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

 

भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको छ ।  हनुमानथान हुँदै रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन अनुमति सहित सिंहदरबार जान खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

Please follow and like us:

Comments