बलीउडका बादशाह शाहरुख खान र सिंघम अजय देवगणबीचको युद्ध खतम भएको छ ।

शाहरुखलेको फिल्म ह्याप्पी न्यु ईयरमा अजयको आगामि फिल्म एक्सन ज्याक्सनको ट्रेलर लन्च गरीएको छ । यसका साथसाथै बलीउडका दुई सुपरस्टारबीच जारी रहेको मनमुटाव सकिएको हो । यसहघि शाहरुखको फिल्म जब तम हे जान र अजय देवगनको सन अफ सरदार एक साथ रिलिज भएको थियो । यसै दौरानमा यशराज फिल्मस अधिकांस स्क्रिनमा जब तक हे जान चलाउन दबाब दिएका थिए । सो कुराको अजयले खुलेर विरोध गरेका थिए । त्यस समय देखिनै यी दुईवीच कोल्ड वारको वीजारोपण भएको थियो । तर खुसीको करा के हो भने प्रभु देवाद्धारा निर्देशित फिल्म एक्सन ज्याक्सनका साथ यी दुई सुपरस्टारवीचको स्टार–वारको अन्त्य भएको छ ।

प्रभु देवा यस कुरामा निकै खुसी छन् । दुवै स्टारलाई मिलाउने काममा प्रभुदेवाकै हात रहेको बताइएको छ ।

Comments

comments