काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसी) कार्यक्रम अन्तर्गत नेपालले प्राप्त गर्ने ५० करोड अमेरिकी डलर हिन्द–प्रशान्त रणनीति (आईपिएस)सँग नजोडिने प्रष्ट पारेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एमसिसी र आईपिएस फरक विषय भएको बताउनुभएको हो । आइपिएस भन्दा एमसिसी अगाडि सुरु भएको मन्त्री बाँस्कोटाको भनाइ थियो । एमसिसीमार्फत आउने सहयोग खासगरी सडकको स्तरोन्नति र विद्युत प्रसारण लाईनको विस्तारमा खर्च गरिने उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपाल र अमेरिकाबीच भएको सम्झौता मात्र कार्यन्वयन हुने दाबी गर्नुभयो । सम्झौता बाहिरका कुरा गर्न अमेरिकाले कुनै दवाब नदिएको उहाँको प्रष्टोक्ति थियो ।

Please follow and like us:

Comments