उर्जामन्त्री राधा ज्ञवालीले भत्ताप्रमी कर्मचारीहरुकै कारण जलविद्युत आयोजनाका कामहरुमा ढिलासुस्ती हुने गरेको बताउनुभएको छ ।

भत्ता पाउने ठाउँमा मात्रै कर्मचारीहरु कामका लागि जाने अन्य ठाउँमा जान नमान्ने उहाँले बताउनुभयो । संसदको कृषि तथा जलस्रोत समितिको आजको बैठकमा बोल्नुहुँदै मन्त्री ज्ञवालीले कर्मचारीहरु भत्ता पाउने ठाउँमा जाने र ढिलासुस्ती गर्ने गरेकाले जलविद्युत आयोजना सम्पन्न गर्न अप्ठेरो परिरहेको उल्लेख गर्नुभयो ।  उपसमितिले जलबिद्युत आयोजनाहरु निमार्णमा भएको ढिलाईबारे जानकारी लिन मन्त्री ज्ञवालीलाई बोलाएको थियो । उहाँले मन्त्रालय र मातहतका कर्मचारीहरुकै कारण आयोजनाहरुको काम समयमै सम्पन्न हुन नसकेको बताउनुभयो ।

कर्मचारीहरु कतिबेला कहाँ के भ्रष्टाचार गर्न पाइन्छ भन्ने पहिल्यै जानकार रहेको र मिलाएर खाने गरेको जिकिर गर्नुभयो ।

Comments

comments