भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सन् २०१९ मा सर्वाधिक रन बनाउने खेलाडी बन्दै वर्षको सुखद् अन्त्य गरेका छन् । उनले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक दुई हजार चार सय ५५ रन बनाएका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनीक गरेको पछिल्लो वरियता अनुसार स्टार ब्याट्सम्यान कोहली टेष्ट वरियताको शीर्ष स्थानमा रहेका छन् । उनी अष्ट्रेलियाका स्टिभ स्मिथभन्दा १७ अंकले अगाडी छन् । न्युजिल्याण्डका कप्तान केन विलियम्बु ८ सय ६४ अंक सहित तेस्रो स्थानमा छन् ।

त्यस्तै २०१९ को एकदिवसीय क्रिकेटमा भने रोहित शर्मा पहिलो नम्बरमा रहेका छन् । विराट कोहली दोस्रो स्थानमा रहेका छन् ।

टेष्ट वरियताको बलिङतर्फ अष्ट्रेलियाका पेट कमिन्स शीर्ष स्थानमा छन् ।

 

Comments