मेलबर्न । नेपाली समाज जहाँसुकै रहेतापनि चाडपर्व र विशेष दिनमा अपनत्व, भाइचारा र सद्भावलाई बढाउंदै संगसंगै रमाइलो गर्न अगाडी रहन्छ । भोलि अर्थात २५ डिसेम्बरमा रहेको क्रिसमस डेमा पनि भिक्टोरियामा रहेको नेपाली समुदायले विशेष कार्यक्रमलको आयोजना गरेको छ । गुल्मी समाज भिक्टोरियाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
गुल्मी समाज भिक्टोरियाले उक्त क्रिसमस डे बार्बीक्यु कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ । आयोजकका अनुसार, कार्यक्रममा बार्बीक्युको साथमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहनेछन् ।
क्रिसमस डे बार्बीक्यु Brimbank Park मा बिहान १० बजे देखि बेलुका ७ बजेसम्म चल्नेछ ।
Please follow and like us:

Comments