काठमाडौं । बसले ठक्कर दिएर घाइते भएकी चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसकी विद्यार्थी सृष्टि पन्तको मृत्यु भएको छ ।

सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले बिबिएस पढ्दै गरेकी २१ वर्षीया पन्तलाई ठक्कर दिएको थियो। बाटोमा हिँडिरहेको बेला बसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पन्तलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो।

उपचारका क्रममा पन्तको मृत्यु भएको हो ।

आफ्नी साथीलाई बसले ठक्कर दिएपछि विद्यार्थी आक्रोशित भएका छन्। उनीहरूले बा ४ ख ७१०१ नम्बरको बसमा आगो लगाइदिएका छन्।

‘ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments