काठमाडौं । प्रदेश २ को अस्थायी राजधानी जनकपुर -१ पुल्चोकस्थित श्री मिथिला विहारी प्राथमिक विद्यालयमा दैनिक १० जनाभन्दा बढी विद्यार्थी कहिल्यै उपस्थित नहुने गरेको पाइएको छ । तर १० जना विद्यार्थीका लागि दैनिक ८ जना शिक्षक भने विद्यालयमा आउने गरेका छन् ।

विद्यालयमा अध्ययनका लागि दैनिक १० विद्यार्थी मात्रै आउने गरेको देखिएपनि हाजिरी रजिस्ट्ररमा भने कुल १५० विद्यार्थी अध्ययनरत रहेका देखाइएको छ । विद्यालयमा ४ जना दरबन्दी, २ जना राहत र २ जना बालविकासतर्फका शिक्षक र १ सहयोगी गरी नौ जना कर्मचारी रहेकाे राजधानी दैनिकमा समाचार छ ।

Comments