काठमाडौं । आज वर्षभरिकै सबैभन्दा छोटो दिन । बिहान ६ः५१ मा सूर्योदय भएर साँझ ५ : १४ मा सूर्यास्त हुँदैछ । आजको पूरा दिनमान १० घण्टा १९ मिनेट वा २५ घडी ५० पल रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पञ्चाङ्गहरुमा उल्लेख छ ।

ग्रेगोरी वा अंग्रेजी पात्रो अनुसार हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षभरिकै छोटो दिन मानिन्छ । तर नेपाली पात्रोमा भने यो दिन एउटै गतेमा नपरी ज्योतिषीय गणनाअनुसार तलमाथि पर्ने गर्दछ । यस दिनपछि पृथ्वीको उत्तरी गोलाद्र्धमा दिनमान बढ्न थाल्छ र रात छोटा हुन थाल्छन् ।

दक्षिणी गोलाद्र्धमा भने यसको विपरीत दिन छोटा र रात लामा हुन थाल्छन् । यो परिवर्तनलाई उत्तरी गोलाद्र्धमा हिउँदको चरमबिन्दु मान्ने गरिएको छ । लोकमा दिन लामा हुनथालेपछि न्यानो बढ्ने र वर्षायामको आरम्भ हुनथालेको मानिन्छ ।

सामान्यतः नेपाली समाजमा पौष १५ लाई वर्षको सबैभन्दा छोटो दिन मानेर पर्व मनाई चिच्चर खाने चलन छ । तर ज्यातिषीय गणनाले यस वर्ष पौष ६ गते तदनुसार डिसेम्बर २२ लाई वर्षभरिकै छोटो दिन निर्धारण गरेको छ ।

Comments