मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा डिसेम्बरको एक रात बबाल हुने भएको छ । हैट क्रिएसन एण्ड इन्टरटेनमेन्टले नयाँ वर्षको अवसरमा उक्त बबाल नाइटको आयोजना गरेको हो ।
आयोजकका अनुसार, बबाल नाइटमा अहिलेका चर्चित र्यापर भिटेनको धमाकेदार प्रस्तुति रहनेछ । त्यस्तै डिजे S3RK को साथमा लडीबडी र प्रविन योञ्जनको विशेष प्रस्तुति रहनेछ । कार्यक्रमलाई AMEC एजुकेशन एण्ड माइग्रेसनले मुख्य प्रायोजन गरको हो ।
बबाल नाइट आगामी ३० डिसेम्बर सोमबार राती Level 3 Nightclubs , Crown Melbourne मा हुनेछ । कार्यक्रम राती ८:३० बजे देखि सुरु हुने बताइएको छ ।
कार्यक्रममा सहभागी भइ मनोरन्जन लिन चाहनेहरुले www.ticketplus.com.au मा गइ टिकट खरिद गर्न सकिनेछ ।

Comments