हिजो तीनदलको सयुक्त बैठक स्थगन गरेर दुईपक्षिय छलफलमा व्यस्त रहेका दलहरु आज सामुहिक छलफलमा जुटेका छन् ।

हिजो सत्तासिन दुई र प्रतिपक्ष एकीकृत माओवादीले दुईपक्षीय छलफललाई बढी केन्द्रित गरेका थिए । हिजोको दुईपक्षीय सहमति अनुसार आज निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् ।  सिंहदबारमा जारी वार्तामा संघिय संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायाप्रणालीका विषयमा प्रमुख तीनदलको छलफल भइरहेको छ । एमाले महासचिव ईश्वर पोखरेलका अनुसार संघिय संरचनामा सत्तासीन दल नेपाली कांग्रेस र नेकपा एमालेको समान धारणा रहेको आज एमाओवादीसँगको छलफलमा साझा एजेण्डा राखिने छ । एमाले सहमतिमा जाँदा सात प्रदेशसम्म जान तयार रहेको र प्रक्रियामा एमाले अडान चार प्रदेशमा रहेको पोखरेलको भनाई थियो ।

कांग्रेसले पनि ६ प्रदेशको अडान राखिरहेको छ । एकीकृत माओवादीले भने १० प्रदेशको अडान छाड्न मानेको छैन । एमाओवादी प्रक्रियामा पनि जान तयार छैन ।

Comments

comments