मेलबर्न । अष्ट्रेलियामा संकटकाल घोषणा गरिएको छ ।

देशको विभिन्न राज्यमा अत्याधिक गर्मी बढेपछि संघीय सरकारले एक साताका लागि संकटकाल घोषणा गरेको हो । सिड्नीसहितका विभिन्न राज्यको तापक्रम अहिले ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मी बढेसँगै आगलागीका घटनामा पनि वृद्धि भएको छ । विभिन्न राज्यमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । सिड्नीको पश्चिम क्षेत्रमा आगलागीबाट तीन घर जलेर नष्ट भएको सञ्चार माध्यमहरुले जनाएका छन् । आगो फैलिएर अहिले सिड्नी नजिक आइपुगिसकेको अधिकारीहरुले बताए । डढेलो फैलिदा सिड्नी र केही शहरहरुमा वायु प्रदुषण पनि अस्वभाविक रुपमा बढेको छ ।

विज्ञहरुको सुझावका आधारमा साताव्यापी संकटकाल घोषणा गरिएको अधिकारीहरुले बताए । देशमा संकटकाला घोषणा भए पनि प्रधानमन्त्री स्कट मोरिसन भने परिवारसँग छुट्टी मनाउन विदेशमा रहेका छन् । तर उनी कहाँ छन् भन्नेबारे भने कुनै खुलासा गरिएको छैन ।

Please follow and like us:

Comments