एजेन्सी । इन्ग्लिश क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो ।

खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । १४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई खेलमा फर्काएका थिए । तर, खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए । कतारको दोहामा रहेको खालिफा अन्तर्राष्ट्रिय मैदानमा सेमिफाइनल खेल सम्पन्न भएको हो ।

लिभरपुल दोस्रो पटक क्लब विश्वकपको फाइनलमा पुगेको हो । अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ ।

 

Comments