अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाउस अफ रिप्रिजेन्टिभ(तल्लो सदन)ले महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । अधिकार दुरुपयोग गरेबापत् ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको हो ।

ट्रम्पलाई महाअभियोग लगाउने कि नलगाउने भन्ने बारेमा भएको मतदानमा ट्रम्पको विपक्षमा २३० भोट खसेको थियो भने पक्षमा १९७ मत खसेको थियो।

राष्ट्रपति ट्रम्पले अर्को महिना माथिल्लो सदन सिनेटको सामना गर्नुपर्नेछ । अब उनी संयूक्त राज्य अंरिकाको राष्ट्रपति रहने वा नरहने भन्ने टुङ्गो त्यहाँको माथिल्लो सदन ‘सिनेट’ले  लगाउनेछ । माथिल्लो सदनमा उनकै पार्टीका सदस्यहरूको बाहुल्य रहेकोले उनी पदबाट हट्ने सम्भावना भने न्यून रहेको बताइन्छ ।

तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।

बीबीसीबाट

Comments