भारतमा आएको हुदहुद नामक सामुद्रिक आँधीको प्रभाव सकिएको एक हप्ता नबित्दै त्यत्तिकै खतरायुक्त नयाँ आँधी आउन सक्ने चेतावनी दिईएको छ ।

अरब सागरबाट भुटान, सिक्किम हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीको असरका साथै पश्चिम वायुको समेत प्रभावका कारण मौसममा गडबडी आएकाले पदयात्राका लागि उपयुक्त समय नभएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो । उता, ुभारतीय मौसम विज्ञान विभागले अरब सागरमा देखा परेको डिप्रेसनले अबको १२ घण्टाभित्र चक्रवात आँधीको रूप लिन सक्ने अनुमान गरेको छ । त्यो चक्रवात ओमान हुँदै करिब एक सातापछि भारतको गुजरात आइपुग्नेछ । यस चक्रवातको नाम पाकिस्तानले निलोफर राख्ने बताइएको छ ।  अरबियन सागरमा हुदहुद जस्तै नयाँ आँधी सिर्जना हुँदैछ । भारतको मध्य प्रदेशभन्दा तल्लो भागबाट नेपालको पूर्वी भागमा यसको असर देखिएको छ, जसका कारण नेपालमा मौसम बदली भएको छ भने कयौं स्थानमा असिनासहितको पानी परेको छ ।

अर्यालले सामुिद्रक आँधीको प्रभावले मौसम बदली भई केही दिन पानी पर्ने र नेपालमा कात्तिक १३ र १४ गते आँधीको बढी प्रभाव पर्ने अनुमान गरिएको बताउनुभयो ।

Comments

comments