मेलबर्न । अष्ट्रेलियाको ब्रिस्बनमा मंगलबारदेखि बिग बास लिग (बीबीएल) शुरु भएको छ ।

पहिलो खेलमा सिड्नी थन्डरले बिस्बर्न हिटलाई २९ रनले पराजित गरेको छ ।

बीबीएलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने पुरानै मेलबर्न स्टार्स क्लबाट खेलिरहेका छन् । स्टार्सको कप्तान ग्लेन म्याक्सवेल छन्। प्रतियोगिताका लागि सन्दीप अष्ट्रेलिया आइसकेका छन् ।

सन्दीपको टिम स्टार्सले शुक्रबार ब्रिस्बर्न हिटसँग पहिलो खेल खेल्दैछ ।

लिगको अघिल्लो आठौं संस्करणमा सन्दीप सम्मिलित मेलबर्न स्टार्स फाइनलमा मेलबर्न रेनेगेड्ससँग १३ रनले पराजित भएको थियो । खेलमा सन्दीपले पूरै चार ओभर बलिङ गर्दै १६ रनमात्र दिएका थिए ।

बीबीएलमा खेलेका कुल आठ खेलमा सन्दीपले ११ विकेट लिएका थिए । लिगकै क्रममा उनी बाङ्लादेश प्रिमियर लिग र दुबईमा भएको नेपाल र यूएईबीचको टी–ट्वेन्टी खेल्न पनि आइपुगेका थिए ।

Comments