पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको  हो ।।

लामो समयदेखि चलिरहेको देशद्रोहको मुद्दामा बेन्चले २–१ को हिसाबमा मृत्युदण्ड दिएको हो । फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ ।

जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्।

परवेज मुसर्रफ पाकिस्तानका पूर्वसैन्य शासक हुन् । भारतको नयाँदिल्लीमा जन्मेका मुसर्रफ कराची र इस्तानबुलमा हुर्केका थिए । उनी पाकिस्तानका १० औं राष्ट्रपति हुन् ।

२००१ मा संयुक्त चिफका अध्यक्ष र सेना प्रमुखको पदमा रहँदा उनी सैन्य सरकारको प्रमुख बने । उनले पहिलो युद्ध भूमिको अनुभव दोस्रो कश्मीर युद्धमा खेमकरन क्षेत्रका लागि तीव्र लडाइँमा एक तोपखाना रेजिमेन्टसँग गरेका थिए । द्वन्‍द्वका क्रममा उनले लाहोर र सियालकोट युद्ध क्षेत्रमा समेत भाग लिए । युद्धका क्रममा उनले गोलाबारी अन्तर्गत आफ्नो प्रतिष्ठा विकास गरेका थिए । वीरताका लागि उनले इम्तियाजी सनक पदक समेत प्राप्त गरेका छन् ।

सन् २००७ नोभेम्बर ३ मा संकटकाल लागु गरेको आरोपमा मुर्सरफविरुद्ध सन् २०१३ देखि देशद्रोहको मुद्दा चलिरहेको थियो ।

पाकिस्तानको इतिहासमा मुसर्रफ पहिलो त्यस्तो व्यक्ति हुन्, जसमाथि संविधानको अवहेलना गरेकोमा मुद्दा दर्ता भयो ।

Comments