काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७८ रुपैयाँ ४३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७८ रुपैयाँ १ पैसा तोकिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार (पुष १ ) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ ।
Please follow and like us:

Comments