काठमाडौं । बहुचर्चित कालापानी नक्सा प्रकरणलाई लिएर नेपाल भारतबीच हुने भनिएको सचिवस्तरीय बैठक अनिश्चित बनेको छ ।

सिमाविवाद अन्तराष्ट्रिय स्तरमा लैजानुअघि भारतसँग बैठक बस्ने नेपालको निर्णय भए पनि भारतीय विदेश सचिव विजयकेशव गोखलेको पदावधि सकिने भएपछि वैठक अनिश्चित बनेको हो । गोखलेको पदावधि आगामी जनवरीको अन्त्यमा सकिदैछ । नेपालले गत नोभेम्वरको पहिलो हप्ता नै दुई देशबीच सचिवस्तरीय वैठकको लागि आधिकारिक निवेदन पेश गरे पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन ।

गत बिहिबार नयाँ दिल्लीमा नियमित प्रेस सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले हाल भारतको तर्फबाट यस घटनामा कुनै प्रतिक्रया दिन नचाहेको बताएका थिए । केही समयअघि प्रकाशित भारतको राजनीतिक नक्शामा जम्मु र कस्मीर क्षेत्रको मात्र फेरबदल गरेको उनले उल्लेख गरेका छन् ।

यस्तै हालै भारतमा उठेको नागरिकता विधेयकका कारण मोदी सरकारसँग आवद्ध कुनै नेता तथा कार्यकर्ताले विवादास्पद विषयमा बोल्न नखोज्ने प्रवक्ता रवीश कुमारको तर्क छ ।

Comments