एजेन्सी । साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले नवौं र ३७ औं मिनेटमा दुई गोल गरे । लियोनार्दो बुनिचीले ४५औं मिनेटमा एक गोल गरेका थिए ।  उडिनेसेका इग्नासिया पुसेट्टोले एक गोल फर्काए ।

यो जितले युभेन्टसले १६ खेलमा ३९ अंक बनाएको छ ।

Comments