काठमाडौं । सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित ६ किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भको सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृतक संख्या अझ बढ्न सक्ने बताइएको छ । देलखाको कालिञ्चोकबाट भक्तपुर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो ।

अहिले उद्दार कार्य जारी रहेको बताइएको छ । घाइतेलाई उपचारका लागि खाडीचौरस्थित अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।

Please follow and like us:

Comments