मेलबर्न । अष्ट्रेलियामा वृद्ध वृद्धाको जनसंख्यासंगै एज्ड केयर क्षेत्रमा करियरको अवसर बढेको छ । यससंगै एज्ड केयर क्षेत्रमा काम गर्ने कामदारलाई तलब तथा सेवा सुविधा कम भएको भन्दै एज्ड केयर कामदार संगठनले सरकार सम्बन्धि आफ्ना माग राखिरहेका छन् ।
एज्ड कोर्स गर्न चाहनेहरुले सर्टिफिकेट थ्री इन इन्डीभिजुवल सपोर्ट अन्तर्गत एजिंगलाई स्पेसलाइजेसन कोर्समा रोज्न सक्छन् र सर्टिफिकेट फोर मा एजिंग केयर गर्न सक्छन् । पहिले १ हजार घण्टाको कोर्स थियो भने अहिले त्यसलाई बढाएर १ हजार २ सय घण्टाको कोर्स बनाईएको छ ।
कोर्सको समयमा फिल्ड वर्क पनि गर्नुपर्ने हुन्छ । वर्क परमिट भएका सबै खाले भिसा होल्डरले यो कोर्स गर्न सक्छन् । 
यो कोर्स पाका उमेरका व्यक्तिहरुसंग सम्बन्धित भएकोले काम गर्दा संवेदनशील भएर काम गर्नुपर्ने हुन्छ । यसमा वृद्ध वृद्धा संग संगै रहनुपर्ने हुन्छ । त्यसैले सहनशीलता, सकारात्मक विचार, हँसिलो अनुहार भएका व्यक्तिहरुलाई यो करियर अझ बढी राम्रो हुन्छ ।
विद्यार्थीहरुको लागि एज्ड केयर सम्बन्धि कोर्स आम्दानि गर्नको लागि राम्रो अवसर रहेको कोर्स हो । 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments