सुरज पौडेल
नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हामीले समाचारमा सुन्दै आएका छौं ।
बेला बखतमा सुन्ने गरेका छौ । परिवारले छोराछोरी अष्ट्रेलिया पठाउन आफ्नै संग नक्कली किर्ते कागज बनाएर बिवाह दर्ता गरिदिने र अष्ट्रेलिया पठाउने गरेका छन् ।
बिवाह भएको अबस्थामा आफ्नो परिवार वा श्रीमान श्रीमति सहजै लान सक्ने भएकोले पनि यसरी नक्कली बिवाह गरेर जोने गरेको देखिन्छ ।
अझ पछिल्लो समय त पढाई भिजामा जाने युवतीले पनि केही समयमा लान मिल्ने भएकोले पनि यस्ता घटनाहरु बढि हुदै गएका छन् ।
अष्ट्रेलियामा आयल्स पास पश्चात लाग्ने खर्च ज्यादा हुने हुदा निम्न आय स्तर हूने धेरै परिवारमा यस्ता कागजी बिवाह गरेर डिपेन्डेन्ट भिजामा जाने युवाहरु धेरै रहेको छन् । अष्ट्रेलिया पुग्ने सजिलो माध्याम पनि यहीं डिपेन्डेन भिजा रहेको छ । केही समय अष्ट्रेलिया संगै बस्ने र पछाडि डिभोर्स गर्नेको संख्या अधिक रहेको छ ।
अष्ट्रेलियामा अध्ययनका लागि बसोवास गर्ने अधिकाशं युवा युवती बिवाह अगावै कानूनि बिवाहमा बाधिईसकेका हुन्छन् ।

Please follow and like us:

Comments