एजेन्सी । फिनल्यान्डकी ३४ वर्षीया यातायात मन्त्री सान्ना मरिन प्रधानमन्त्री हुने भएकी छन्। सामाजिक लोकतान्त्रिक पार्टीबाट चुनिएकी उनले  यही हप्ता प्रधानमन्त्रीको रुपमा सपथ लिनेछिन् ।

प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सामाजिक लोकतान्त्रिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। हुलाक सेवामा भएको हडतालको विषयमा प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएका थिए। त्यसपछि उनले राजीनामा गरे।

मरिन प्रधानमन्त्री बनेपछि उनी फिनल्याण्डको इतिहासको सबैभन्दा कान्छी प्रधानमन्त्री हुनेछिन् । त्यस्तै उनी वर्तमान विश्वका सत्तासिन सरकार प्रमुखमध्ये सबै कम उमेरकी प्रधानमन्त्री हुनेछिन् । अहिले ३५ वर्षे युक्रेनका प्रधानमन्त्री आलेक्सी होन्चरुक विश्वका सबैभन्दा कान्छो प्रधानमन्त्री रहेका छन् ।

Comments