मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) भिक्टोरिया राज्य समितिको गठन भएको छ ।

राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट राज्य समितिको गठन गरेको हो । इनासका ओसेनिया को संयोजक साहित्यकार तथा पत्रकार सुशील चालिसेको सक्रियतामा सम्पन्न भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधि, समाजसेवी, संचारकर्मी लगायत बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो ।

डिसेम्बर ०८ तारिख आइतबारका दिन बिग बेल्ली कोबर्ग रेस्टुरेन्टमा सम्पन्न भेलाबाट २०१९–२०२१ कार्यकालका लागि सर्वसम्मत गठन भएको समितिमा अध्यक्ष गौतम लामिछाने, उपाध्यक्ष पार्बती पहारी र बिराज थापा, सचिव उज्ज्वल अधिकारी, कोषाध्यक्ष अनु पाण्डे, प्रबक्ता मनोज पौडेल, सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन रहेका छन् ।

ओसेनिया संयोजक सुशील चालिसे संरक्षक रहनु भएको उक्त कमिटीको अब बस्ने पहिलो बैठकले आवश्यकता अनुसार संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने जानकारी कमिटीका अध्यक्ष गौतम लामिछानेले दिनुभयो ।

Please follow and like us:

Comments