एजेन्सी । लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार बिहान रियल माल्लोर्काविरुद्ध भएको खेलमा मेस्सीले ह्याट्रिक गर्दा बार्सिलोना ५–२ ले विजयी भयो । खेलमा अग्रता बार्सिलोनाले सातौ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट लिएको थियो ।

मेस्सीले १७ औ मिनेटमा बार्साको अग्रता दोब्बर बनाए र  ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए । त्यसको दुई मिनेटपछि लुईस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे । ८३ औ मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई शानदार जित दिलाए । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो ।

जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ । रियल मड्रिड समान खेलबाट समान ३४ अंक बनाई दोस्रो स्थानमा छ ।

 

Please follow and like us:

Comments