काठमाडौं । अभिनेत्री ऋचा शर्माले विवाह गरेकी छिन् । उनले आफ्ना प्रेमी दीपेक्षविक्रम रानासँग हिन्दू परम्परा अनुसार आज शनिवार लगनगाँठो कसेकी हुन् ।

राना ललितपुरमा सञ्चालित लभिम मलका सञ्चालक हुन् । भिजे,मोडल हुँदै चलचित्रमा प्रवेश गरेकी ऋचाले अभिनयका साथमा केही चलचित्रमा लगानी समेत गरेकी छिन् । उनी भिजा गर्ल र घर चलचित्रका निर्मात्री हुन् ।

विवाहको फोटो सार्वजनिक गर्दै ऋचाले सामाजिक सञ्जालमा लेखेकी छिन्–जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशीर्वाद सदैब यसरी नै मिलोस् । 

Comments