मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवालाई मृत अवस्थामा भेटिएको छ ।

गत सोमवार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका ती युवा नेपालको तनहूँका दीपेन्द्र खनाल रहेको खुलासा भएको छ । खनाल आफ्नो निवासको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी सन् २००८ मा अष्ट्रेलिया आएको निकट स्रोतले बताएको छ । पछिल्लो केही समय यता खनाल एक्लै बस्न रुचाउँने गरेकोले डिप्रेसनमा रहेको हुन सक्ने अनुमान गरिएको छ ।

स्वर्गीय खनालको पार्थिव शरीर नेपालमा पठाउने तयारी भैरहेको निकट स्रोतले बताएको छ ।

Comments