मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायको टेबल टेनिस प्रतियोगिता हुनेभएको छ । नेप्लिज एसोसिएसन अफ भिक्टोरियासंगको सहकार्यमा एनआरएनए युथ फोरम भिक्टोरियाले प्रतियोगिताको आयोजना गरेको हो ।
‘एनआरएनए युथ कप टेबल टेनिस कम्पिटिसन’मा महिला, पुरुष, बालबालिका सहभागी हुन सक्नेछन् । विशेषगरि युवाहरुलाई मनोरन्जनको साथमा खेलमा प्रेरित गर्नको लागि प्रतियोगिताको आयोजना गरिएको एनआरएनए भिक्टोरियाका युवा संयोजक बबिन मिश्रले जानकारी दिए । यस प्रतियोगिताले नेपाली समुदायलाई खेलकुदमा अगाडी बढ्न प्रोत्साहन प्रदान गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको मिश्र बताउँछन् ।  प्रायोजक तथा सहयोगीहरुलाई धन्यवाद दिंदै उनले प्रतियोगिता सभ्य र भव्य बनाउनको लागि सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।
‘एनआरएनए युथ कप टेबल टेनिस कम्पिटिसन’ आगामी डिसेम्बर २२ मा हुनेछ । जसमा सहभागिताको लागि डिसेम्बर १२ सम्ममा आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ । पहिले नाम दर्ता गर्नेलाई पहिलो प्राथमिकतामा राखिने आयोजकले जनाएका छन् । प्रतियोगितामा इन्ट्री फी १० डलर लाग्नेछ ।
नाम दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् >>  https://form.jotform.co/emergentdigi…/nrnaa-cup-registration

Comments