काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सीमा समस्या अहिले नै अन्तराष्ट्रियकरण गर्ने बेला नभएको बताउनुभएको छ ।

आज कैलालीमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले सिमा समस्यालाई अन्तराष्ट्रियकरण भन्ने शव्दले समस्या झनै जटिल हुने बताउनुभयो । कुटनीतिक र राजनीतिक माध्यम नै सिमा समस्या समाधान गर्नु उत्तम विकल्प भएको उहाँको दाबी छ । अध्यक्ष दाहालले कुटनीतिक र राजनीतिक माध्यमबाट सम्भव नभए मात्रै अन्तर्राष्ट्रियकरण गर्ने बाटोमा जान सकिने बताउनुभयो । अध्यक्ष दाहालले सरकार आफ्नो देशको भूमि फिर्ता गर्न जस्तोसुकै कदम चाल्न पछि नहट्ने समेत बताउनुभयो । यस्तै उहाँले भारतीय पुर्व सचिव श्यामशरणले नेपालका राजनीतिक दलले सीमाको विषयलाई राजनीतिकरण गरे परिणाम राम्रो नहुने भनी दिएको चेतावनीयुक्त अभिव्यक्ति जायज नभएको प्रतिक्रिया दिनुभयो ।

श्यामशरणको उक्त अभिव्यक्ति कुटनीतिक रुपमा अशोभनीय रहेको अध्यक्ष दाहालको भनाई छ । उहाँले भारतले पनि सुस्ता र कालापानी क्षेत्रमा समस्या छ भनेर स्वीकारेको स्पष्ट पार्नुभयो ।

Please follow and like us:

Comments