मेलबर्न । अष्ट्रेलिया नेपालीहरुका लागि आकर्षणको केन्द्र बनिरहेको छ । तर अष्ट्रेलियाको भिसा सम्बन्धि सही र सम्पूर्ण जानकारी नपाउँदा अष्ट्रेलिया जान चाहेका तथा अष्ट्रेलियामा रहेका नेपालीहरु समस्यामा पर्ने गरेका छन् । कतिपय अवस्थामा भिसा सम्बन्धि गलत जानकारी या फैलिएका भ्रमका कारण नेपालीहरु अप्ठ्यारो अवस्थामा पर्छन् ।
अष्ट्रेलियाको भिसाले ल्याउन सक्ने त्यस्तै समस्यामा नेपालीहरु नपरुन् भन्ने उद्देश्यले टिडब्लु ‘ जीजी माइग्रेसन एण्ड एजुकेशन ‘ ले वेब सिरिज लिएर आएको छ । Myth Vs Fact नामक उक्त वेब सिरिजमा विद्यार्थी भिसा, अन्य भिसा, पीआर लगायत भिसा सम्बन्धि सम्पूर्ण भ्रम र त्यो भ्रम पछाडीका सत्यहरुलाई प्रस्तुत गरिन्छ ।
टिडब्लुजीजीका प्रिन्सिपल तथा कानुनविद टोनु घोथानेले प्रस्तुति दिने उक्त वेब सिरिज टिडब्लु जीजी अष्ट्रेलियाको युट्युब च्यानलमा भेट्न सकिन्छ । फेसबुक पेजमा गएर विद्यार्थीहरुले भिसा सम्बन्धि आफ्ना समस्या तथा जिज्ञासा समेत राख्न सकिने कानुनविद घोथानेले जानकारी दिनुभएको छ ।
TWGG Myth Vs Fact – वेब सिरिजको लागि दिइएको लिंकमा क्लिक गर्नुहोस्  >> https://youtu.be/tWvWw7oKm6Q

Comments