एजेन्सी । नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा नान्टेसलाई हराएको छ । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा नान्टेसमाति सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीले नान्टेस २–० गोलले हरायो ।

एमबाप्पेले आकर्षक ब्याकहिल गोल गर्दै पीएसजीलाई ५२ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन ५ मिनेट बाँकी छँदा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए । निकोलस पालोसिसले इकार्डीलाई डिबक्स भित्र फल हानेपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसलाई नेयमारले सही सदुपयोग गरे ।

जितसँगै १५ खेलबाट ३६ अंक बनाएको पीएसजी शीर्ष स्थानमा  छ ।

Comments