काठमाडौं । अभिनेत्री ऋचा शर्माले विवाहको तिथि सार्वजनिक गरेकी छन् । सामाजिक संजाल मार्फत ऋचाले यही मङ्सिर २१ गतेको लागि विवाह तय भएको जानकारी गराएकी हुन् ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेत्री शर्मा केहि वर्षदेखी दिपेश विक्रम राणासँग नजिक थिइन् । उनै दीपेशसँग ऋचाको विवाह हुँदैछ । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् ।

Comments