काठमाडौं । नेपालले १३ औं साग अन्तर्गत महिला टिम पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ ।

२३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो ।

त्यसअघि १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोलीले भारतलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको थियो । नेपाली टोली ७.९८० स्कोर गरेको थियो । भारतीय टोलीले ७.९७० र कास्य पदक विजेता बंगलादेशले ७.७६० स्कोर प्राप्त गर्यो ।

समग्रमा नेपालको लागि १३ औं सागमा यो १५ औं स्वर्ण पदक हो ।

हालसम्म नेपालले कराते र तेक्वान्दोबाट ७(७ र ट्रायथलनबाट १ स्वर्ण जितेको छ । करातेको काताको दुवै टिम इभेन्ट र पुरुष एकलको मन्डेकाजी श्रेष्ठले कुल ३ पदक जितेका थिए ।

कुमुतेतर्फ विप्लव श्रेष्ठ, लक्ष्मण तामाङ र कुसुम खड्काले स्वर्ण जितिसकेका छन् ।

तेक्वान्दोमा टिम पुम्सेमा २, पेयर पुम्सेमा १ तथा एकलतर्फ ४ स्वर्ण नेपालले जितेको छ ।

एकलमा कमल श्रेष्ठ, सिना मादेन, पार्वती गुरुङ र आयशा शाक्यले स्वर्ण जिते । तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ ।

पदक जित्ने खेलाडीहरु

क. स्वर्ण पदक

१. कराते (एकल काता) मण्डेकाजी श्रेष्ठ

२. कराते (टिम काता, महिला) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३. कराते (टिम काता ,पुरुष) निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४. कराते (५५ केजी)  लक्ष्मण तामाङ

५. कराते(८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ

६. कराते (४५ केजी मुनी)  कुसुम खड्का

७. कराते (५० केजी मूनि)  अनु अधिकारी

८. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) कमल श्रेष्ठ

९. तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष ) सिना मादेन लिम्बु

१०. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष )  पार्वती गुरुङ

११. तेक्वान्दो पुम्से (२९ वर्ष माथि )  आयशा शाक्य

१२. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१३. पुम्से महिला टिम (१७–२३ वर्ष)  निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१४. पुम्से महिला टिम (२३–२९ वर्ष)  निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१५. ट्रायथलन सोनी गुरुङ

ख. रजत पदक

१. कराते (एकल काता) चन्चला दनुवार

२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) कृष्णबहादुर तामाङ

३. कराते (८४ केजी मूनि)  दिवस श्रेष्ठ

ग. कास्य पदक

१. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु

२. तेक्वान्दो पुम्से (२३–२९ वर्ष )  जितबहादुर बोट र पार्वती गुरुङ

३. ट्रायथोलन बसन्त थारु

Comments