काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह उपनिर्वाचनअन्तर्गत शनिबार बिहान ७ बजेबाट मतदान शुरु भएको छ ।

प्रतिनिधि सदस्य १ जना प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ (प्रमुख–उप्रमुख, वडाध्यक्ष) सिटका लागि मतदान शुरु भएको हो ।

उपनिर्वाचनमा ३७ जिल्लाका चार लाख ५४ हजार एक सय १४ जना मतदाता छन् । मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम तोकिएको छ ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभा सदस्यका लागि भक्तपुर निर्वाचन क्षेत्र १ (क) बागलुङ निर्वाचन क्षेत्र–२ (ख) र दाङ निर्वाचन क्षेत्र–३ (ख) मा मतदान भइरहेको छ ।

यसैगरी स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान हुनेछ ।

Comments