मेलबर्न । नेपाली लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्य यतिबेला अष्ट्रेलिया टुरमा छ । सन् २००९ बाट सुरु भएको अष्ट्रेलिया टुरमा यो वर्ष नेपथ्य ब्याण्डले नोभेम्बर देखि डिसेम्बरसम्म सांगीतिक प्रस्तुति दिने भएको हो ।
मेलबर्न शहरमा नेपथ्यको कन्सर्ट आगामी डिसेम्बर २३ मा हुनेछ । कार्यक्रमलाई नेप्ले इभेन्ट्सले आयोजना गरेको हो भने ग्रेस इन्टरनेशनलले कार्यक्रमको मूख्य प्रायोजन गरेको छ ।
क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा १९ तारिखका दिन देखि सुरु भएको नेपथ्यको कार्यक्रम डार्बिनमा नोभेम्बर २२ तारिखका दिन भयो भने एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८, सिड्नीमा डिसेम्बर १४ मा हुनेछ ।
Please follow and like us:

Comments