ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ११ स्थित अधेरी नारायणस्थानमा जीप दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ  । सदरमुकाम तर्फ जाँदै गरेको यात्रु बाहक जीप विहान करिब १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ |  निशङ्खेबाट सदरमुकाम ओखलढुंगा तर्फ आउदै गरेको बा ५ च ५८७८ नम्बरको जीप पल्टिएको हो |

दुर्घटनामा २ महिला सहित ७ जनाको ज्यान गएको छ  । मृत्यु हुनेहरुको सनाखत भैसकेको छ | प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार ज्यान गुमाउनेहरुमा ठूलाछाप ७ बस्ने मनिराम भट्टराई, चोलेन्द्र खत्री, सरिता खत्री, तलुवाका टिका बस्नेत, ठूलाछाप ८ का तेजबहादुर बस्नेत, ठूलाछाप ४ का दोहिनी भट्टराई र वाप्सा ९ का महनकुमार राई छन् |

अन्य १३ जना घाइतेलाइ उपचारका लागि मिसन अस्पताल ओखलढुंगा लागिएको छ |

Comments

comments