काठमाडौं । विद्यार्थीहरुबाट असुल गरेको अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई कारबाही गरिने भएको छ ।

शुल्क फिर्ता गर्न कलेज सञ्चालकहरुलाई मंगलवारसम्मको समयसीमा दिइएको छ । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन गृहमन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दिएको हो ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच आज गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो । अतिरिक्त शुल्क लिएर फिर्ता नगरेपछि देशैभरका चिकित्सा शिक्षाका विद्यार्थी अन्दोलित छन् । आइतबार पनि गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेलबीच शुल्क फिर्ता गराउने विषयमा छलफल भएको थियो ।

यसअघि शिक्षा मन्त्रालयले मेडिकल कलेजहरूलाई गैरकानुनी शुल्क फिर्ता गर्न दिएको १५ दिनको समयसीमा आज सकिएको छ ।

Please follow and like us:

Comments