एजेन्सी । युएईमा भएको टी-१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सले जितेको छ । आइतबार राति भएको फाइनलमा डेकन ग्लाडीयटर्सलाई ८ विकेटले पराजित गर्दै अरेबियन्सले उपाधि जितेको छ ।

अरेवियन्सले दोस्रो पटक उपाधि माथि कब्जा जमाएको हो ।

ग्लाडीयटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । अरेबियन्सको जितमा चाड्विक वाल्टनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

चाडविक वाल्टन म्यान अफ द म्याच घोषित भए । यस्तै, प्रतियोगिताभर सर्वाधिक ३ सय ७१ रन बनाएका क्रिस लिन प्लेयर अफ द टुर्नामेन्ट बने ।

 

Comments