मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली सांगीतिक कार्यक्रम ‘म्यासअप २०१९’ को भव्य तयारी चलेको छ । D-mass mashup-19 ले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमलाई बिएमडब्लु एजुकेशनले मुख्य प्रायोजन गरेको छ ।
म्यासअप २०१९ मा लोकप्रिय गायक कमल के क्षेत्री संगै विद्या तिवारी, चिन्टु रिमाल, कुशल आचार्य, दीक्षा जे थापा लगायत कलाकारको धमाकेदार प्रस्तुति रहनेछ । आगामी डिसेम्बर १६ मा हुने कार्यक्रमका लागि टिकट बुकिङ्ग गर्न सकिन्छ र टिकट मूल्य २५ डलर रहेको छ । कार्यक्रम स्थलमै टिकट लिंदा भने ३० डलर शुल्क लाग्ने आयोजकले जनाएका छन् ।
म्यासअप २०१९ मा सहभागिताको लागि १८ वर्ष माथिका व्यक्तिलाई मात्र अनुमति हुने हुँदा परिचयपत्र साथमा लिएर आउन समेत आयोजकले अनुरोध गरेका छन् । कार्यक्रम Maxwatt मेलबर्नमा हुनेछ ।

Comments