काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि खटिन आदेश दिए जुनसुकै बेला सिमानामा जान तयार रहेको नेपाली सेनाले बताएको छ ।

भारतीय पक्षले नेपालको लिपुलेक, लिम्पियाधुरा, सुस्ता क्षेत्र अतिक्रमण गरेको खबर सार्वजनिक भए लगत्तैै नेपाली सेनाले देशको सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्न सदैव तयार रहेको बताएको छ । मन्त्री परिषद्को निर्णय अनुसार अस्थाई निर्देशानलय स्थापना गरी सीमा समन्वय महाशाखा, सर्वेक्षण महाशाखा र सन्धी–सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा स्थापना गरेको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिनु भयो ।

विभिन्न सञ्चारमाध्यमहरुमा नेपाली सेना सिमानामा भन्ने समाचार आएको भएपनि हालसम्म सरकारबाट कुनै निर्देशन नआएको र निर्देशानलयको पदपूर्तीका लागि दरबन्दी समेत कायम नगरेको प्रवक्ता पाण्डेले जानकारी दिनु भयो ।

Comments