नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे लगत्तै मन्त्रालयमा पदबहालीका क्रममा नवनियुक्त मन्त्री भूसालले नेपाली कृषिक्षेत्र समस्यामा जकडिएको बताएका छन् ।

मन्त्री भुसालले आफू कुनैपनि किसिमको डर, धाक, धम्की र आर्थिक प्रलोभनमा नपरी  आधुनिक कृषि प्रणालीको विकास्लाई सफलता दिलाउन लागिपर्ने समेत बताएका छन् ।

सिंहदरबारमा मन्त्री भुसाल पदभार ग्रहणमा पुग्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थिए। भुसालको कार्यकक्षमा खनालले अँगालो हालेर उनलाई स्वागत गरे।

Comments