एजेन्सी । ब्राजिलियन स्टार नेयमारले खेल्नका लागि आफु पुर्ण रुपमा फिट रहेको बताएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार समेत रहेका नेयमार पछिल्लो समय चोटका कारण मैदान बाहिर छन् । नेयमारले आफू अब फिट रहेको जाकारी दिंदै अर्को हप्ता च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्व आफु मैदान उत्रन तयार रहेको बताएका हुन् ।

च्याम्पियन्स लिगमा रियलसँग खेल्नु अघि शुक्रबार नेइमारले लिग वानमा लिलेसँग खेल्ने विश्वास गरिएको छ । चोटका कारण नेइमारले ब्राजिललको अन्तर्राष्ट्रिय खेल पनि गुमाइरहेका छन् ।

नेयमारले भनेका छन्, ‘मैले पुर्ण रुपमा निको भएको महशुश गरेको छु । र च्याम्पियन्स लिगमा रियल मड्रिड खेल्नेछु ।’

Comments