नेपाल कम्युनिष्ट पार्टीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले केपी शर्मा ओलीलाई पाँचै वर्ष प्रधानमन्त्रीको जिम्मेवारी र पुष्पकमल दाहाललाई पार्टी सञ्चालनको लागि कार्यकारी जिम्मेवारी दिएको हो ।

योसँगै आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति  टुंगिएको छ।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको छ ।

Comments