मेलबर्न । अष्ट्रेलिया नेपाल मात्र नभई विश्वका अन्य मुलुकका लागि आकर्षण बनिरहेको छ । पढाइ तथा करियरको खोजीमा आउने विद्यार्थी, सुनिश्चित भविष्यको खोजीमा आउने कामदारहरुको संख्या हरेक वर्ष बढिरहेको छ ।
अष्ट्रेलियामा सुनिश्चित भविष्यको खोजीमा आएकाहरु आफूले चाहे अनुसारको काम नपाउँदा निराशामा धकेलिने तथ्यहरु बाहिरिरहेका छन् । यसैक्रममा पछिल्लो एक अध्ययनले आप्रवासीहरुले उचित काम नपाएको र त्यसले गर्दा अष्ट्रेलियाकै अर्थतन्त्रमा असर परिरहेको निष्कर्ष निकालेको छ । कर्टन युनिभर्सिटीले उक्त अध्ययन गरेको हो ।
अध्ययनबाट आएको नतिजा अनुसार, ६० प्रतिशत आप्रवासीले मात्र आफूले चाहेको र आफ्नो क्षेत्रको काम पाएका छन् । यसले उनीहरुलाई मात्र नभई अष्ट्रेलियाको अर्थतन्त्रमा समेत घाटा परिरहेको छ । यदि सबै आप्रवासीले आफूले चाहेको र आफ्नो क्षेत्रको काम पाएमा अष्ट्रेलियाको अर्थतन्त्र ६ बिलियन डलर माथि उक्लने बताइएको छ ।
Source : SBS News

Comments