काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयबाटै मानविकि संकायतर्फको स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठप्रसाद थपलियाले नक्कली प्रमाणपत्र जारी गरेको खुलेको हो । आयोगका अनुसार थपलियाले गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक वासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाइदिएका हुन् । पोखरेल सोही प्रमाणपत्रका आधारमा संस्थानमा सेवा प्रवेश भई बढुवासमेत भएका थिए ।

थपलियाले नक्कली प्रमाणपत्र जारी गरेको र संस्थानका तत्कालीन उपसम्पादक पोखरेलले त्यसैका आधारमा सेवा प्रवेश र बढुवा भएको पुष्टि भएकाले दुवैजनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्यिारले जनाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Comments