एजेन्सी । लियोनल मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना उरुग्वेसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

३४औं मिनेटमा कभानीले स्वारेजको पासमा गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए । सर्जियो अग्युरोले ६३ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि ६७औं मिनेटमा उरुग्वेले पुनः अग्रता लियो । लुइस स्वारेजले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए । खेलको इन्ज्युरी समयमा अर्जेन्टिनाले पेनाल्टी पायो । सो पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्‍याए ।

अघिल्लो खेलमा मेस्सीकै गोलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो ।

Comments