मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा संगीत साँझ २०१९ हुनेभएको छ । नेप्ले इभेन्ट्स र अस्सिज ग्रुपको सहकार्यमा उक्त धमाकेदार सांगीतिक साँझ हुनेभएको हो ।

संगीत साँझमा युवाहरुमाझ लोकप्रिय गायक सविन राईको विशेष प्रस्तुती रहनेछ । त्यस्तै बृजेश, चिराग, लगायतका कलाकारको साथमा डिजे मिस्टा, डिजे ज्याकको प्रस्तुतिहरुले कार्यक्रम धमाकेदार हुनेछ । कार्यक्रमले सहभागीहरुलाई व्यस्त दैनिकीबाट बाहिर आएर रिफ्रेश बन्ने अवसर प्रदान गर्नेमा आयोजक विश्वस्त छन् ।

संगीत साँझ आगामी डिसेम्बर ९ मा हुनेछ । कार्यक्रमको लागि टिकट बुकिङ्ग गर्दा २५ डलर शुल्कमा टिकट प्राप्त गर्न सकिन्छ भने कार्यक्रमको दिनमा टिकट लिंदा ३५ डलर शुल्क पर्नजाने आयोजकले बताएका छन् ।

Comments