इलाम । भारतले नेपाली भूभागहरुलाई आफ्नो नक्शामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियू इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा विद्यार्थीहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमामा पर्ने नेपाली भूभागमा फोटो खिच्न तथा निषेधित क्षेत्र लेखेको बोर्ड उखालेर फ्याकेका छन् । एसएसबीले सन्दुकपुरको सबैभन्दा अग्लो भूभागमा जाने बाटोमा उक्त बोर्ड राखेको थियो । यसरी नै विद्यार्थीहरुले भारत विरोधी नारा जुलुस गर्दै नेपाली झण्डा गाडेका छन् । प्रदर्शनको क्रममा एसएसबीसँग सामान्य झडपसमेत भएको विद्यार्थी नेता दिनेश ढकालले जानकारी दिनुभयो ।

गत वर्ष सन्दकपुर गाउँपालिकाले सन्दकपुरकै आहालटारमा निर्माण थालेको भ्यूटावरमा एसएसबीले हस्तक्षेप गर्दै निर्माण कार्य रोकेको थियो । सो स्थानमा पनि विद्यार्थीहरुले नारा जुलुससहित नेपाली झण्डा फहराएका छन् ।

Comments