मेलबर्न । अष्ट्रेलियाको न्यू साउथ वेल्स् र क्वीन्स्ल्याण्डमा झाडीयुक्त जंगलमा गत शुक्रबारबाट फैलिएको आगलागीमा तीन जनाको मृत्यु भैसकेको छ भने हजारौं विस्थापित भएका छन् । ती दुई राज्यमा संकटकालीन अवस्था समेत घोषणा गरिएको छ । आगलागी सय भन्दा बढी स्थानबाट फैलिरहेकोले पनि नियन्त्रण लिन चुनौति रहेको अधिकारीहरुले जनाएका छन् ।
आगलागी जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि अपिल गरिएको छ । लगभग १ हजार किलोमिटरको दायरामा फैलिरहेको आगलागी अष्ट्रेलियाको अर्को प्रमुख शहर सिड्नी देखि व्रिसवेन नजिकको गोल्डकोष्टमा समेत पुग्न सक्ने आंकलन गर्दै सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ ।
आफ्नो दोस्रो घर अष्ट्रेलियामा परिरहेको यो संकटको अवस्थामा नेपाली समुदाय पिडितहरुको सहयोगमा जुटेको छ । मानवताको दृष्टिकोणले मात्र नभई आफ्नो दोस्रो घर भएका कारण कर्तव्यबोध गरि सहयोग अभियान संचालन गरिएको एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोतानेले बताउनुभयो ।
एनआरएनए अष्ट्रेलियाले नेतृत्व गरेको यस सहयोग अभियानमा ‘ गो फन्ड मी ‘ मार्फत सहभागी हुन सकिन्छ । १४ नोभेम्बरसम्म संचालन हुने यस अभियानबाट संकलन हुने रकम १५ नोभेम्बरमा पिडितहरुका लागि हस्तान्तरण गरिने बताइएको छ ।
सहयोगका लागि यहाँ क्लिक गर्नुहोस् :  https://www.gofundme.com/f/lets-fight-against-the-fire-emergency

Comments